logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

गोडैतामा आज पाँच संक्रमित थपिए


  • उज्यालो अभियान

मलंगवा – भारतसँग सीमा जोडिएको सर्लाहीको गोडैता नगरपालिकामा आज (साेमबार) कोरोना भाईरसका ५ जना नयाँ संक्रमित थपिएका छन् । नगरपालिकाले एक साताअघि पठाएको ४ सय जनाको थ्रोट स्वाबको अहिले धमाधम पीसीआर रिपोर्ट आइरहेको छ । सोही क्रममा आज ५ जनाको पोजिटिभ रिपोर्ट आएको हो । अझै १ सय भन्दा बढीको रिपोर्ट आउन बाँकी हुँदा हिजो सम्म २४ जना संक्रमित थपिएका र ५ थपिएका पाँच जनाको पहिचान गर्ने काम भइरहेको नगर प्रमुख देवेन्द्र यादवले जानकारी दिए ।
संक्रमितहरुमा केही स्वास्थ्यकर्मी समेत रहेका छन् । संक्रमण फैलिँदै गएपछि परीक्षणको दायरा पनि बढाइएको नगर प्रमुख यादवले बताए । जिल्लामा अहिले सबैजसो पालिकाले परीक्षणको दायरा बढाइरहेका छन् ।
आज मात्रै बरहथवाबाट १९३ जना र जिल्ला प्रहरी कार्यालय मलंगवाबाट १८ जनाको थ्रोट स्वाब लिएर परीक्षणका लागि पठाइएको छ । हिजाे (अाईतबार) बागमती नगरपालिकाले यसअघि काेराेना संक्रमण देखिएकाहरुकाे परिवारका सदस्य, कन्ट्याक्ट ट्रेसिङमा परेकाहरु गरी ५२० जनाकाे स्वाब संकलन गरेर परीक्षणका लागि टेकु पठाईएकाे छ ।