logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

सर्लाहीमा एसपी फेरिए, पोखरेलको काठमाण्डौंमा सरुवा, सन्तोष सिंह राठौर सर्लाही आउने


  • उज्यालो अभियान

मलंगवा – सर्लाहीमा प्रहरी प्रमुख (एसपी) फेरिएका छन् । प्रहरी प्रधान कार्यालयले ४९ जना एसपीको सरुवा गर्दा सर्लाहीका प्रहरी प्रमुख पनि बद्लिएका हुन् ।

अहिलेका एसपी विश्वमणि पोखरेलको राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय सिंहदरबार, काठमाण्डौंमा सरुवा भएको छ । एसपी सन्तोष सिंह राठौरलाई सर्लाही पठाइएको छ । राठौरलाई महानगरिय प्रहरी कार्यालय विशेष सुरक्षा शाखा रानीपोखरी, काठमाण्डौंबाट यहाँ सरुवा गरिएको हो ।

अहिलेका एसपी पोखरेल केही दिनमै काठमाण्डौं गएपछि र नयाँ एसपी राठौर सर्लाही आउने जिल्ला प्रहरी कार्यालय मलंगवा स्रोतले जनाएको छ ।