logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

हरिपुरमा स्वाब संकलन स्थलमै स्वास्थ्यकर्मीहरुको विरोध, जोखिम भत्ता नपाएको गुनासो


  • उज्यालो अभियान

हरिपुर – सर्लाहीको हरिपुरमा थ्रोट स्वाब संकलन स्थलमै स्वास्थ्यकर्मीहरुले विरोध जनाइरहेका छन् ।

नगरपालिकाले अहिले (बिहिवार अपरान्ह) हात्तीसार मैदानमा स्वाब संकलनको काम गरिरहेको छ । स्वास्थ्यकर्मीहरुले स्वाब संकलनको काम गरिरहे पनि सँगसँगै विरोध समेत जनाइरहेका हुन् ।

जोखिम भत्ता नपाएको र कोरोना संक्रमणकैबीच जोखिम मोलेर काम गर्दा समेत पोत्साहन हुने किसिमको कुनै काम नगरिएको स्वास्थ्यकर्मीहरुको गुनासो छ । नगरपालिकाले आफ्ना कर्मचारीसहित भीडभाडमा रहेर काम गर्नु परेकाहरुको स्वाब लिने काम गरिरहेको जनाएको छ ।