logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

लालबन्दीकी एक किशोरीले भनिन्, ‘मलाई दुईजनाले रातभर बलात्कार गरे’


  • उज्यालो अभियान

लालबन्दी – सर्लाहीको लालबन्दी निवासी एक किशोरीले आफूलाई बिबाह गर्ने भन्दै होटलमा लगेर दुईजनाले रातभर बलात्कार गरेको आरोप लगाएकी छिन् ।

लालबन्दी नगरपालिका–६ घर भएकी १५ वर्षीया किशोरीले त्यस्तो बताएकी हुन् । लालबन्दी नगरपालिका–७ निवासी रामबहादुर पराजुली र वडा नम्बर ७ निवासी सुमन विकले आफूमाथि बलात्कार गरेको उनले बताईन् ।

लालबन्दी स्थित एक होटलमा भाँडा माझ्ने मजदुरी गर्दै आएकी सोझी खालकी ती किशोरीले भावविव्हल हुँदै भनिन्, ‘बिबाह गर्ने भन्दै मलाई फकाएर नजिकैको अर्को होटलमा लिएर गए अनि दुवैजनाले पालैपालो जबर्जस्ती बलात्कार गरे ।’ गत साउन ५ गते राती ११ बजे आफूलाई उनीहरुले नजिकैको फेसबुक होटलमा लिएर गएको र रातभर जबर्जस्ती करणी गरेको किशोरीको भनाई छ ।

‘मैले काम गर्ने होटलमा काम सकिएपछि सुत्नै लाग्दा राती ११ बजेतिर दुवैजना आएर भोलि काठमाडौं गएर बिबाह गर्ने हो भन्दै फकाएर बोलाए’, किशोरीले भनिन्, ‘होटलमा पुग्ने वितिकै मलाई चिसो मगाएर खुवाए अनि उनीहरुले बियर र चुरोट खान थाले भोली काठमाडौं जाने र सुमनसँग बिबाह गर्ने भन्दै केक समेत काटेर खुवाए र फकाउँदै मलाई प्रलोभन देखाए ।’

सबैथोक खाईसकेर सुत्न खोज्दा सुमनले आफूसँग यौन सम्पर्क गर्न खोजेको र नमान्दा भोली काठमाडौ गएर बिबाह गरिहालिन्छ नि भन्दै फकाएको किशोरीले बताईन् । ‘भोली बिहानै काठमाडौं जाने हो अनि बिबाह गर्ने हो भन्दै सुमनले यौन सम्पर्कका लागि मलाई फकायो, उसले सम्पर्क गरिसकेपछि रामबहादुर दाई पनि अघि सर्नुभयो’, ती किशोरीले भनिन्, ‘मैले दाई तपाई किन यस्तो गर्नुहुन्छ भन्दा उल्टै मेरो पनि त मनै त हो भन्दै गाली गलौज गर्न थाले र सुमन पनि चुपचाप हेरेर बस्यो, मैले नमान्न खोज्दा ढोकाको चुक्कुल लगाएर कसैलाई भने ज्यान मारिदिने धम्की सहित दुवैजनाले दबाब दिए, डरले केही बोल्नै सकिन अनि चुपचाप सबैकुरा सहेरै बस्न बाध्य भएँ ।’ ज्यान नै मार्ने धम्की दिएपछि आफूले चिच्याउने र कराउने गर्न नसकेको पीडित किशोरीले बताईन् ।

लकडाउन सूरु भययता चिनजान भएको र भित्रभित्रै आफूले प्रेम समेत गरेका युवक तथा अभिभावक जस्तो मान्दै आएका दाजुबाट भएको जघन्य व्यवहारबाट आजित किशोरी साउन ६ गते बिहान रुँदै घर पुगेकी थिईन् । ‘लकडाउन सूरु भएपछि नै सुमनसँग चिनजान भएको हो, म काम गर्ने होटलमा आईरहन्थ्यो, पटक–पटक बिहे गर्छु भन्थ्यो’, पीडित किशोरीले भनिन्, ‘पटक पटक देखिरहेको र बिबाह नै गर्छु भनेकाले विश्वासमा परेर दुईजनाले राती बोलाउँदा पनि अर्को होटलमा गएँ, तर बिबाह गर्ने बहानामा लगेका उनीहरुले पालैपालो रातभर बलात्कार गरे ।’ सुमनले आफू लालबन्दीकै डान्स सेन्टरमा डान्स सिकाउने गरेको भनेर आफूलाई चिनाएको किशोरीले बताईन् ।

पीडित किशोरी ६ गते बिहान रुँदै घर आएपछि आफन्तले निकै सोधखोज गरेर घटनाबारे जानकारी पाएका हुन् । ‘एक्कासी बिहानै रुदै रुदै घर आई, रुने बाहेक केही गरिन अनि निकै सम्झाई बुझाई गरेपछि मात्र दिउँसो खेरी घटनाबारे भनि’, एक आफन्त महिलाले भनिन्, ‘सबै कुरा सुनेपछि त्यति नै खेर प्रहरीमा गईहाल्यौं ।’

पीडित किशोरीका दाईले दिएको किटानी जाहेरी ईलाका प्रहरी कार्यालय लालबन्दीमा शुक्रबार दर्ता भएको छ । पीडित किशोरीको स्वास्थ्य परीक्षण समेत गराईसकिएको र अभियुक्तहरु फरार रहेकाले खोजी कार्य तिब्र बनाईएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए ।

अभियुक्त २६ वर्षीय पराजुली एक छोरा र छोरीका पीता तथा २५ वर्षीय विकको पनि एक बच्चा भईसकेको स्थानीय बासिन्दाले बताएका छन् ।

पीडित किशोरीका बुबा र आमा दुवैजना काठमाडौंमा घर बनाउनका लागि ईट्टा बोक्ने लगायत कार्यमा मजदुरी गर्ने गरेको स्थानीय बासिन्दाले बताए । लालबन्दी स्थित पीडित किशोरीको घरमा उनका हजुरआमा र दुई बहिनी बस्छन् । जेठो दाजु छुट्टिसकेको र बुबाआमा समेत काठमाडौंमा मजदुरी गर्न गएकाले पीडित किशोरी दुई वर्षदेखि लालबन्दी बजार स्थित एक होटलमा मजदुरी गर्दै आएकी थिईन् ।