सर्लाही सदरमुकाम मलंगवामा रहेको कोडिभ अस्थायी अस्पताल । तस्बिर : रोशन न्यौपाने
मलंगवा – सर्लाहीमा आइसोलेसनबाट डिस्चार्ज हुने कोरोना संक्रमितको संख्या ३६८ पुगेको छ ।
नेपाल सरकारले बनाएको आइसोलेसन मापदण्ड अनुसार सोमवार अबेरसम्म ३६८ जनालाई घर पठाइएको र आज (मंगलवार) पनि केहीलाई घर पठाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए ।
यस्तै सर्लाहीमा आज मंगलवार कोरोनाका थप दुई जना नयाँ संक्रमित भेटिएका छन् । राष्ट्रिय प्रयोगशाला टेकुको ल्याबमा थ्रोट स्वाब परीक्षण गराउँदा हरिपूर्वा र बरहथवा नगरपालिकाका एक/एक जनामा संक्रमण पाइएको हो । मंगलवार दुई जना थपिएसँगै सर्लाहीमा कोरोना संक्रमितको संख्या ५९४ पुगेको छ ।