स्कूल अफ डेमोक्रेशी नेपाल सर्लाही शाखाको अध्यक्षमा मनोनित भएका पासवान ।
हरिवन – स्कूल अफ डेमोक्रेशी नेपाल सर्लाही शाखाको अध्यक्षमा ईस्किलाल पासवान चयन भएका छन् ।
स्कूल अफ डेमोक्रेशी नेपालका राष्ट्रिय अध्यक्ष नैनसिंह महरले मुलुकभरका ६६ जिल्लामा अध्यक्षको जिम्मेवारी तोके अनुसार सर्लाहीमा पासवान चयन भएका हुन् । स्कूल अफ डेमोक्रेशी नेपाल विश्वभर नै लोकतान्त्रिक पद्धतिको संस्थागत विकास र संविधानवादको मूल मर्मलाई आत्मसात गर्दै लोकतान्त्रिकरणको प्रकृयामा योगदान गर्दै आएको संस्था भएको राष्ट्रिय अध्यक्ष महरले जनाएका छन् । राजनैतिक अधिकारका साथ साथै मानिसको जीवनमा अन्य अधिकारहरु शिक्षा, स्वास्थ्य, सूचना, संस्कृति, खाद्य सुरक्षा रोजगारी लगायतका सहायक अधिकारहरुको पूर्ति हुन सकेमात्र लोकतन्त्रले प्रभावकारी काम गर्न सक्ने उल्लेख गर्दै जिम्मेवारी प्रदान गरिएको पत्रमा कोरोना महामारीको वर्तमान संकटले त झन हाम्रा सबै अधिकारहरु माथि खतरा उत्पन्न गर्ने सम्भावना देखिएकाले ती सबै अधिकारहरु संरक्षणका लागि मनोनित अध्यक्षहरुले योगदान दिने अपेक्षा समेत गरिएको छ ।
संस्थाको उद्धेश्य अनुसार सकृय भूमिका निर्वाह गर्ने मनोनित सर्लाही अध्यक्ष पासवानले जानकारी दिए । नेपाली कांग्रेसका नेता तथा लालबन्दी नगरपालिकाका कार्यपालिका सदस्य समेत रहेका पासवान लालबन्दी नगरपालिका–२ निवासी हुन् ।