logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

बागमती बगरमा भेटिएको शवको सनाखत हुन सकेन


  • उज्यालो अभियान

राजघाट – सर्लाहीको बागमती खोला बगरमा भेटिएको शवको अझै (बिहिवार दिउँसोसम्म) सनाखत हुन सकेको छैन् ।

वुधवार साँझ बागमती नगरपालिका–७, स्थित खोलाको बगरमा अन्दाजी ५०÷५५ वर्षीय पुरुषको शव भेटिएको थियो । सडेर गन्हाउन थालिसकेको अवस्थामा ५ फिट ३ इन्च उचाई भएका बेवारिसे पुरुषको शव भेटिएको हो । स्थानीय वासिन्दाले खबर गरेपछि घटनास्थलमा पुगेको प्रहरीले कम्मरमा गम्छा बेरिएको अवस्थामा पुरुषको शव बरामद गरेको छ । प्रहरी र स्थानीय वासिन्दाले ती पुरुषलाई खोलालाई बगाएर ल्याएको हुन सक्ने आशंका गरेका छन् ।

मृतकको परिचय खुलाउन जिल्लाका सबै प्रहरी युनिट तथा छेउछाउ जिल्लाका प्रहरीसँग समन्वय गरिरहेको र शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवामा राखिएको सर्लाही प्रहरीका प्रवक्ता डीएसपी मदन कुँवरले जानकारी दिए ।