श्रवण थापा/बागमती – सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बागमती नगर संयन्त्र गठन गरेको छ ।
सोमवार नेकपा जिल्ला कमिटिको आयोजनामा बसेको बैठकले पुर्व एमालेका नेता सोम बहादुर लामाको संयोजकत्वमा नेकपा बागमती नगर संयन्त्र गठन गरेको नेकपाका जिल्ला अध्यक्ष रेवती पन्तले जानकारी दिए । नगर संयन्त्रमा पुर्व एमालेका तर्फबाट ४ जना र पुर्व माओवादीको तर्फबाट ३ जना रहेका छन् ।
नेकपाको नगर कमिटी गठनमा ढिला सुस्ति भईरहेको अवस्थामा नगर स्तरमा पार्टीको काम कार्बाही अगाडि बडाउन समस्या भएपछि संयन्त्र निर्माण गरिएको नेकपा जिल्ला अध्यक्ष पन्तको भनाई छ । पार्टी समायोजन पश्चात नेतृत्व बाँडफाड गर्ने क्रममा बागमती नगरपालिकामा नेकपाको संयोजक पुर्व माओबादीले पाउने र सचिव पुर्व एमालेले लिने निर्णय भएको थियो । तर अझै कमिटी गठन हुन सकेको छैन् ।
सोमबार बागमती नगरपालिका कार्यलयको सभाहलमा भएको नेकपा नेताहरुको बैठकले लामाको संयोजकत्वमा गठन गरेको नेकपा बागमती नगर संयन्त्रको सदस्यहरुमा गोकुल बस्नेत (टंक), विवा नेपाल, पार्वती बिश्वकर्मा, विनिता दाहाल, तिलक मोक्तान र टिका बहादुर दर्लामी रहेका छन् । संयोजक लामा सहित बस्नेत, नेपाल र विश्वकर्मा पूर्व एमालेका हुन् भने दाहाल, मोक्तान र दर्लामी पूर्व माओवादीका हुन्
बैठकमा नेकपा केन्द्रिय कमिटी सदस्य लक्ष्मण पौडेल, बद्रि न्यौपाने, जिल्ला इन्चार्ज तथा केन्द्रिय सदस्य डाचाराज वाग्ले, केशव ढुङगाना, जिल्ला अध्यक्ष रेवती पन्त, सचिव कमल बुडाथोकी, बागमती नगरपालिकाका मेयर भरत कुमार थापा, उपमेयर लिला कुमारी मोक्तान, नेकपाका नेताहरु बसन्त भट्टराई, बद्रि श्रेष्ठ, भुवन निरौला लगाएको सहभागीता रहेको नेकपा जिल्ला कमिटीले जनाएको छ ।