logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

सर्लाहीका थप दुईजनामा काेराेना देखियाे, पाँचजना पुगे


  • उज्यालो अभियान

मलंगवा – सर्लाहीका थप दुईजनालाई काेराेना भाईरस (काेभिड-१९) पाेजेटिभ देखिएकाे छ । मंगलबार दिउँसाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेकाे तथ्यांक अनुसार सर्लाहीका दुईजनामा काेराेना भाईरस पाेजेटिभ देखिएकाे हाे । याेसँगै सर्लाहीमा काेराेना भाईरस संक्रमित ५ जना पुगेका छन् ।

मंगलबार सार्वजनिक भए अनुसार सर्लाहीकाे बागमती नगरपालिका-९ निवासी ३४ वर्षीय पुरुष र अर्का सर्लाही मात्र ठेगाना लेखिएका ३१ वर्षे पुरुषमा पाेजेटिभ देखिएकाे जानकारी अाएकाे प्रमुख जिल्ला अधिकारी माेहन जिसीले जानकारी दिए । “दुवैजनाले काठमाडाै स्थित टेकु अस्पतालमै गएर स्वाब दिएका रहेछन्, फारममा एकजनाले पुरा ठेगाना लेखेपनि अर्काले सर्लाही मात्र लेखेकाे जानकारी अाएकाे छ”, प्रजिअ जिसीले भने, “अब पुरा ठेगाना नखुलाएका पुरुषकाे ठेगाना खुलाउने तथा उनीहरु सर्लाही अाएर काठमाडाै गएका हुन की उतै बस्ने गरेका हुन लगायत ट्राभल हिस्ट्री बुझ्ने काम भईरहेकाे छ ।” बागमती-९ मा साविक शंकरपुर साेल्टी क्षेत्र समेटिएकाे छ ।

याे पनि पढ्नाेस्

सर्लाहीकी १८ वर्षीया युवतीमा काेराेना भाईरस पाेजेटिभ, तीनजना पुगे

सर्लाहीमा मानसिक रोगका बिरामीलाई कोरोना भाईरस, दुईजना पुगे

घर फिर्ता गरिएका किशोरमा टेकुको रिपोर्ट पोजेटिभ आएपछि सर्लाहीबासी त्रसित