logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

हरिवन नगरपालिकाले काठमाण्डौंमा अलपत्र परेका १०४ जना नगरवासीलाई उद्धार गरेर हरिवन ल्यायो


  • उज्यालो अभियान

हरिवन – हरिवन नगरपालिकाले १०४ जना नगरवासीलाई काठमाण्डौंबाट उद्धार गरेर बिहिवार दिउँसो हरिवन ल्याएको छ ।
लकडाउनले गर्दा काठमाण्डौंमा अलपत्र परेका नगरवासीलाई उद्धार गरी हरिवनसम्म ल्याइएको नगरप्रमुख गणेशप्रसाद प्रसाईले उज्यालो अभियानसँग बताए । हरिवनस्थित सनराईज , अर्किड र मोडेल यूरिका आवासिय विद्यालयको बस पठाएर पहिलो चरणमा १०४ जनाको उद्धार गरिएको हो ।
काठमाण्डौंबाट उद्धार गरी ल्याइएका सबैलाई थर्मल गनबाट तापक्रम मापन गरी घर पठाउने काम भइरहेकोे छ । बन्दाबन्दीका कारण काठमाण्डौंमा अलपत्र पर्दा समस्या भइरहेको अवस्थामा नगरपालिकाले उद्धार गरी घरसम्म ल्याएपछि नागरिकले खुशी व्यक्त गरेका छन् ।