logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

सिके राउतद्वारा बरहथवामा सम्बोधन


  • उज्यालो अभियान

बरहथवा – जनमत पार्टीले आइतवार सर्लाहीको बरहथवा बजारमा बृहत आम सभा सम्पन्न गरेको छ ।

पार्टीका नगर सदस्य डा. सकिल अहमदको अध्यक्षता एवं केन्द्रीय अध्यक्ष डा. सिके राउतको प्रमुख आतिथ्यतामा बरहथवास्थित गोरु बजारमा सभा सम्पन्न गरिएको हो । सभामा गाउँ–गाउँबाट ठूलो संख्यामा पाटीका नेता कार्यकर्ता उतारिएको थियो । मधेस बिखण्डनको नारा दिएर चर्चामा आई भूमिगत राजनीति गरेका राउत केही समयअघि सरकारसँगको सहमति पछि तराईका विभिन्न जिल्लामा सभा सम्मेलन गरेर मास जुटाउँदै हिँडिरहेका छन् ।