logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

प्रदेश स्तरीय फुटबलको उपाधि सशस्त्रलाई


  • उज्यालो अभियान

बयलवास – सर्लाहीको ईश्वरपुर नगरपालिका–६, बयलवासस्थित नारायण जनता माध्यमिक विद्यालयको प्राङगणमा आयोजित प्रदेश स्तरीय फुटबलको उपाधि सशस्त्र प्रहरीले चुमेको छ ।

मंगलवार सम्पन्न फाइनल खेलमा आयोजक फुलजोर युवा क्लबलाई ३–२ गोलले पराजित गरी सशस्त्र प्रहरी बलको बर्दीबास स्थित बाहिनी टिमले उपाधी चुमेको हो । बिजेता एपिएफले एक लाख प्राप्त गर्दा उपबिजेता फुलजोर युवा क्लबले ५० हजार रुपैयाँमा चित्त बुझाएको छ । प्रतियोगिताको बिजेता, उपबिजेता र उत्कृष्ट खेलाडीलाई ईश्वरपुरका नगरप्रमुख मनोजकुमार देवकोटाले पुरस्कार प्रदान गरे ।