logo
  • बुधबार, कार्तिक १२, २०८३ / Wednesday, Oct, 28 ,2026

लालबन्दीमा ४६ जनाद्वारा रक्तदान


  • उज्यालो अभियान

शिविरमा रक्तदान गर्दै क्याम्पसका विद्यार्थी ।

लालबन्दी – सर्लाहीको लालबन्दीस्थित जनज्योति बहुमुखी क्याम्पसमा सोमवार आयोजित शिविरमा ४६ जनाले रक्तदान गरेका छन् ।

क्याम्पसमा गठन भएको युवा रेडक्रस सरकलको आयोजनामा राखिएको रक्तदान शिविरमा शिक्षक, विद्यार्थी र अन्य गरी ४६ जनाले रक्तदान गरेका युवा रेडक्रस सरकलकी मुना पौडेलले जानकारी दिईन् । नेपाल रेडक्रस सोसाइटी मलंगवा शाखाको आयोजनामा रक्तदान शिविर आयोजना गरिएको हो ।