logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

सागरनाथमा साहित्यिक कार्यक्रम सम्पन्न


  • उज्यालो अभियान

साहित्यिक जमघटपछि सामूहिक तस्बिर खिचाउँदै सर्जकहरु । (तस्बिर : उज्यालो अभियान)

सागरनाथ – सर्लाहीको सागरनाथमा शनिवार साहित्यिक कार्यक्रम सम्पन्न भएको छ ।

सर्लाही साहित्य समाजको आयोजनामा सम्पन्न कार्यक्रममा यहाँका विभिन्न विधाका सर्जकहरुले आफूले सिर्जना गरेको गीत, गजल, कविता, मुक्तक, हाईक्यू लगायत वाचन गरेर सुनाएका सर्लाही साहित्य समाजका जिल्ला सचिव उत्तम दाहालले जानकारी दिए । संस्थाकी अध्यक्ष मीना देवकोटाको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्लाका साहित्य सिर्जनामा लागेकाहरु सहभागी भएका थिए ।

स्थानीय स्तरमा रहेका सर्जकहरुको सिर्जना सबै माझ पु¥याउने उद्देश्यले समाजले बेला–बेलामा यस्तो किसिमको साहित्यिक जमघट कार्यक्रम गर्दै आएको छ ।