logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

निःशुल्क आँखा शिविर जारी


  • उज्यालो अभियान

ईश्वरपुर – सर्लाहीको ईश्वरपुर नगरपालिका–१३, श्रीनगरमा निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन भइरहेको छ ।

वुधवार दोस्रो दिन शिविरमा ३७१ जनाको आँखा परीक्षण गरिएको शिविरको सह–आयोजक जय माँ महारानी बचत तथा ऋण सहकारी संस्थाका सचिव विज्ञान महतोले जानकारी दिए । वुधवार आँखा परीक्षण गराएकामध्ये ६० जनामा मोतिया बिन्दु फेला परेको र ४१ जनाको शल्यक्रिया गरिएको संस्थाले जनाएको छ । नेपाल आँखा अस्पताल त्रिपुरेश्वर, काठमाडौंको आयोजनामा शिविर सञ्चालन भइरहेको हो । मंगलवारदेखि जारी शिविर आज (बिहिवार)सम्म सञ्चालन हुने छ ।