logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

आगलागीबाट दुई लाखको क्षति


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बिर

मलंगवा – सर्लाहीको मलंगवा नगरपालिका–११ गम्हरीयामा भएको आगलागीबाट करिव दुई लाख बराबरको क्षति भएको छ ।

स्थानीय इन्दल साहको बस्तु बाध्ने गोठमा आगलागी हुँदा सो क्षति भएको हो । गोठमा बालेको घुरबाट आगो सल्किएको अस्थायी प्रहरी पोष्ट पेट्रोलपम्प मलंगवाले जनाएको छ । आगलागीबाट गोठ जलेर ध्वस्त भएपनि अन्य कुनै क्षति भएको स्थानीय वासिन्दाले बताएका छन् ।