logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

ईश्वरपुरमा करेन्ट लागेर एक महिलाको मृत्यु


  • उज्यालो अभियान

ईश्वरपुर – सर्लाहीको उत्तर–पूर्वी भेगमा पर्ने ईश्वरपुर नगरपालिका–२, मियाँखोरमा करेन्ट लागेर शनिवार बिहान एक महिलाको मृत्यु भएको छ ।

स्थानीय देव गोलेकी ४५ वर्षीया श्रीमती कुमारी गोलेको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । शनिवार बिहान ९ बजेतिर आफ्नै घरको कलधारामा नुहाउन लाग्दा कलमा जोडेको पानी तान्ने मोटरबाट करेन्ट सप्लाई भएर करेन्ट लाग्दा कुमारी गम्भीर घाईते भएकी थिईन् । उनलाई तत्कालै उपचारका लागि महोत्तरीको बर्दिवासतर्फ लाने क्रममा बाटैमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय भक्तिपुरले जनाएको छ । मृतकको शव जिल्ला अस्पताल मलंगवामा पोष्टमार्टम गरी शविनार दिउँसो आफन्तलाई बुझाइएको छ ।