जुटपानी – हरिवनका युवाहरुको एक समूहले वृद्धवृद्धालाई न्यानो कपडा प्रदान गरेको छ । सोही अवसरमा युवाहरुले वृद्धवृद्धालाई शुक्रबार बिहान र साँझको लागि मिष्ठान भोजनका लागि सहयोग समेत गरेका छन् ।
लालबन्दी नगरपालिका–१, जुटपानी स्थित पद्म भुवनेश्वरी नमूना वृद्धा सेवाश्रममा आश्रीत वृद्धवृद्धालाई युवाहरुले मिष्ठान भोजन एवं न्यानो कपडा वितरण वितरण गरेका हुन् ।
हरिवन निवासी हाल काठमाण्डौं स्थित गन्तव्य सहकारी संस्थाका महाप्रबन्धक कृष्णजंग थापाले वृद्धवृद्धालाई जाडोमा लगाउने ‘हुक’ (न्यानो कपडा) प्रदान गरेका छन् भने हिमाली युनाईटेड क्लब हरिवनका सदस्य दिलिप थापाले वृद्धवृद्धालाई शुक्रवार बिहान र बेलुकाको खानाको लागि आर्थिक सहयोग गरेका छन् ।
हिमाली युनाईटेड क्लब हरिवनको सहजीकरणमा वृद्धवृद्धालाई न्यानो कपडा प्रदान गरिनुका साथै मिष्ठान भोजन समेत गराईएको क्लबका अध्यक्ष रन्जित धमलाले जानकारी दिए । जाडो मौसममा सूरु भएकाले वृद्धवृद्धालाई न्यानो होस् भन्ने हेतुले न्यानो कपडा वितरण गरिएको हरिवनका युवा युवराज भण्डारीले जानकारी दिए ।
त्यस्तै शुक्रबार बिहान नै जनता माध्यमिक विद्यालय लालबन्दी नगरपालिका–१ नवलपुरमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीले आश्रममा आश्रीत वृद्धवृद्धालाई मिष्ठान भोजनका लागि ६ हजार ५ सय रुपैंया आर्थिक सहयोग गरेका छन् । विद्यार्थी आफैले पैसा उठाएर सहयोग प्रदान गरेका हुन् ।

आश्रमकी अध्यक्ष भवानी कोइरालाले मनकारी युवा एवं विद्यार्थीलाई धन्यवाद प्रकट गरिन् । आश्रममा हाल ५ बालबालिका सहित ४० जना आश्रीत रहेका छन् ।