logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

आगलागीबाट छ लाख बढीको क्षति


  • उज्यालो अभियान

सर्लाही–सर्लाहीको कविलासी नगरपालिका–७, गैर बजारमा सोमवार बिहान आगलागीबाट एउटा घुम्ती पसल जलेर नष्ट भएको छ ।

विद्युत् सर्ट भएर आगलागी हुँदा कविलासी नगरपालिका–७, सिर्सियाका विनोद महतोले सञ्चालन गरेको इलेक्ट्रोनिक घुम्ती पसल ध्वस्त भएको हो । आगलागीमा परी एक लाख ५० हजार बराबरको घुम्ती पसल, चार लाख ३० हजार बराबरको कम्प्यूटर, मोवाइल र ब्याट्री तथा ४० हजार रुपियाँ नगद जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।