प्रतिकात्मक तस्बिर ।
नवलपुर, १३ मंसिर – आगलागीमा परेर लालबन्दी नगरपालिका–२, चालिसे टोलमा शनिबार राति आगलागीबाट घरमा क्षति भएको छ ।
विद्युत सर्ट भएर आगलागी हुँदा स्थानीय अम्बिका पौडेलको घरमा क्षति पुगेको हो । आगलागीबाट एक लाख ५० हजार रुपियाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
प्रहरी र गाउँले भएर करिव एक घण्टापछि आगलागी नियन्त्रणमा लिएका थिए ।