logo
  • शनिबार, मंसिर ५, २०८३ / Saturday, Nov, 21 ,2026

बागमती नगरपालिकामा सोमबार बिदा


  • उज्यालो अभियान

कर्मैया, ०४ मंसिर – बागमती नगरपालिकाभित्र आगामी सोमबार स्थानीय बिदा दिइएको छ ।

कर्मैया ऐतिहासिक पूर्णिमा मेलाको अवसरमा मङ्सिर ७ गते सोमबार बिदा दिने निर्णय गरेको हो । कार्यवाहक नगरप्रमुख कृष्णकुमार लामाले शुक्रबार सूचना जारी गर्दै सोमबार पालिकाभर बिदा दिइएको र त्यसदिन नगरपालिका, वडा कार्यालयहरु, विद्यालय र स्वास्थ्य संस्था बन्द रहने जानकारी गराएका छन् ।

हरिबोधनी एकादशीको अवसरमा ईश्वरपुर नगरपालिका–४, सागरनाथमा मेला लाग्ने भएकाले ईश्वरपुर नगरपालिकाले आज पालिकाभर बिदा दिएको थियो ।

हिजोआज पालिकाहरुले मेला, महोत्सवमा समेत जथाभावी बिदा दिएर पालिकाको कार्यालयमा अत्यावश्यक काम परेका सर्वसाधारणको काम प्रभावित हुन थालेको गुनासो सुनिन्छ ।