फाइल तस्बिर ।
मलंगवा, १३ मंसिर – ब्रह्मपुरी गाउँपालिका-५, सखुवापुल नजिक धुप र पुरानो कवाडको गोदाममा गएराति आगलागी हुँदा ठूलो क्षति पुगेको छ ।
स्थानीय कृष्ण राय यादवले जस्तापाताले चारै तिरबाट घेरेर बनाएको कवाड गोदाममा आगलागीबाट ७० लाख रुपियाँ बराबरको क्षति पुगेको हो ।
आगलागीको कारण खुल्न सकेको छैन् ।