प्रतिकात्मक तस्बिर ।
लालबन्दी, ०४ मंसिर – सर्लाहीको लालबन्दी नगरपालिका-५, पुरानो राजमार्गमा प्रेमिका भेट्न आएका एक युवक कोठामै मृत फेला परेका छन् ।
हरिपुर्वा नगरपालिका-९, बगेवा गाउँका २० वर्षीय अमित चौधरी मृत फेला परेका हुन् । बिहीबार साँझ प्रेमिकाको कोठामा अचेत भएका युवकलाई मोडेल अस्पताल लालबन्दीमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका इलाका प्रहरी कार्यालय लालबन्दीले जनायो ।
मृतक युवकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको छ ।
युवकको मृत्युको कारण खुल्न सकेको छैन् । मृतकका प्रेमिकालाई नियन्त्रणमा लिइ थप सोधपुछ गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए ।