कौडेना, ०२ मंसिर – दक्षिणी भेगस्थित कौडेना गाउँपालिका-१, सुखचैनामा महादेव मठको जग्गा अतिक्रमण गरेर बनाइएका घर आज दिउँसो डोजर चलाएर भत्काउने कार्य जारी छ ।

कौडेना गाउँपालिका कार्यालयले वर्षौदेखि अतिक्रमणमा परेको मठको जग्गामा बनाइएका पक्की तथा कच्ची घरमा डोजर चलाएको हो । मठको जग्गामा जवरजस्ती बनाइएका तीनवटा पक्की र दुईवटा कच्ची घर भत्काइएको गाउँपालिकाका अध्यक्ष रुपेश कुमारले उज्यालो अभियानसँग बताए ।

बारम्बार सूचना जारी गर्दा पनि बेवास्ता गरिएपछि गाउँपालिकाले अतिक्रमित क्षेत्रमा डोजर चलाएको हो । त्यहाँ अहिले बाक्लो मात्रामा प्रहरी खटिएका छन् ।
