धनकौल, ०३ मंसिर – सर्लाहीको पश्चिमी बेल्टमा पर्ने धनकौलमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते एक महिलाको उपचार नपाएर मृत्यु भएको छ ।
अघिल्लो महिना कात्तिक २९ गते साँझ अज्ञात मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते हुनुभएकी धनकौल गाउँपालिका–२, तेल बजार बस्ने बिदेनी साहको श्रीमती ४५ वर्षीया बच्ची देवीको मृत्यु भएको हो । मोटरसाइकलको ठक्करबाट टाउकोमा चोट र बायाँ खुट्टा भाँचिएर गम्भीर घाइते बच्ची देवीको गएराति घरमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए ।
बच्ची देवीलाई ठक्कर दिने मोटरसाइकलको अझै भेटिएको छैन् ।