हरिवन, ११ कात्तिक – चितवनको टाँटीमा कात्तिक १३ देखि १५ गतेसम्म आयोजना हुने प्रथम सौराह अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगिताका लागि मधेश प्रदेशबाट खेलाडी छनौट गरिएको छ ।
हिजो र आज दुई दिन लगाएर हरिवनस्थित सुखेपोखरी कभर्ड हलमा सहभागी २०० जना खेलाडीमध्येबाट पुरुष २७ जना र महिला खेलाडी २७ जना छनौट गरिएको हो । त्यस्तै पुम्सेतर्फ पुरुष तथा महिला गरी १० जना छन् । कूल खेलाडी ६४ जनासहित टिमकोच ६ जनाको टोली प्रतियोगितामा सहभागी हुन जाने छन् ।

मधेश प्रदेश तेक्वान्दो संघका वरिष्ठ उपाध्यक्ष लक्ष्मण बहादुर भण्डारीको अध्यक्षता तथा हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी कमलको प्रमुख आतिथ्यतामा खेलाडी छनौट प्रतियोगिता सम्पन्न गरिएको हो ।
कार्यक्रममा संघको मधेश प्रदेशका महासचिव राजकुमार लामा, वरिष्ठ प्रशिक्षकहरु विजयसाह ठकुरी, भरतबहादुर भण्डारी, चेतबहादुर ठकुरी, सर्लाही तेक्वान्दो संघका अध्यक्ष खडगप्रसाद सापकोटा, संघका जिल्ला कोषाध्यक्ष दीपककुमार श्रेष्ठ, युवा नेतृ आरती लामा, पूर्णबहादुर राना मगरलगायतको उपस्थिति थियो ।
