logo
  • मङ्लबार, अशोज २७, २०८३ / Tuesday, Oct, 13 ,2026

कलशयात्रामा सहभागी भक्तजनलाई पानी र फ्रुटी सहयोग


  • उज्यालो अभियान

बसबरिया, २५ असोज – दुर्गा पूजाको अवसरमा सर्लाहीको बसबरिया गाउँपालिका-४ र ५ मा आयोजित कलशयात्रामा सहभागीलाई नेपाली कांग्रेसका नेता गजेन्द्र साह र अरविन्द साहले व्यक्तिगत तर्फबाट ५० कार्टुन पानी र दुई हजार पिस फ्रुटी प्रदान गरेका छन् ।

गाउँमा अबको नौ दिनसम्म चल्ने दुर्गा पूजाको नवाहयज्ञमा १० दिनसम्म पानी सहयोग गर्ने गरेको युवा नेता अरविन्द साहले उज्यालो अभियानसँग बताएका छन् ।

दुर्गा पूजाको आज पहिलो दिन भव्य कलशयात्रा निकालिएको साहले जानकारी दिए ।