लालबन्दीस्थित नेपाल विद्युत् प्राधिकरणको वितरण केन्द्र । (तस्बीर : उज्यालो अभियान)
लालबन्दी, १० असोज – सर्लाहीको लालबन्दीमा आज साँझपख अवरुद्ध विद्युत २ घण्टापछि सूचारु भएको छ ।
लालबन्दीस्थित डुमडुमे क्षेत्रमा पिन डिक्स पड्किएर अपरान्ह ४ बजेदेखि साँझ ६ बजेसम्म विद्युत अवरुद्ध भएको हो ।
समस्या पत्ता लगाउन समय लागेको र त्यसपछि प्राविधिकले मर्मतको काम गरी विद्युत सूचारु गरिएको नेपाल विद्युत प्राधिकरण लालबन्दी वितरण केन्द्रका प्रमुख सुरज ढुंगेलले उज्यालो अभियानलाई जानकारी दिए ।
सर्लाहीमा त्यसै पनि केही दिनदेखि छिनछिनमा बत्ती जाने समस्याले सर्वसाधारण हैरान रहेका छन् ।