logo
  • मङ्लबार, कार्तिक ११, २०८३ / Tuesday, Oct, 27 ,2026

अहिले साँझपख बागमतीमा बाढी बढ्दै, सबै ढोका खोलियो


  • उज्यालो अभियान

नवराज अधिकारी/बागमती, ०९ असोज – सर्लाही र रौतहटको सीमा भएर बग्ने बागमती नदीमा अहिले साँझपख जलसतह बढ्न थालेको छ ।

काठमाडौँसहित पहाडी जिल्लाहरुमा निरन्तर पानी परिरहेकाले बागमतीमा बाढी बढेको हो । बाढी बढेसँगै सर्लाहीको तल्लो भेगमा स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ ।

आज मध्याह्न १२ बजेको मापन अनुसार बागमती नदीको जलसतह ३.९० मिटर मापन गरिएको छ । यसअघि गएको असार २९ गते पनि बागमतीमा अहिलेकै जति ३.९० मिटर जलसतह मापन गरिएको थियो ।

जल तथा मौसम विज्ञान विभागको पधेरादोभान जलमापन केन्द्रमा कार्यरत जलमापन सहायक (गेज रिडर) राजु पाटा मगरले बागमती नदीमा दिउँसोसम्म सामान्य बाढी आएको भए पनि अहिले बेलुकापख बाढी केही बढेको जानकारी दिए ।

साँझ ५ बजेको मापनमा जलसतह ४.६० मिटर पुगेको छ ।

भारी वर्षाको पूर्वानुमानपछि बागमती नदीस्थित बागमती ड्यामका सम्पूर्ण ३६ वटै ढोका खोलिएको छ ।