लालबन्दी, ०९ असोज – सर्लाहीबाट काठमाडौँ जाने आउने सवारी साधन आज पूर्णरुपमा ठप्प भएका छन् ।
यहाँबाट दीवा समयमा चल्ने साना गाडीहरु आउजाउ गर्ने सम्पूर्ण सडकखण्ड बिहानैदेखि बन्द भएपछि आज कुनै पनि गाडी सर्लाहीबाट काठमाडौँ जान सकेनन् । टिकट काउन्टर चलाउने लालबन्दीका बिजय लामाले यताबाट यात्रु लिएर जाने र उताबाट आउने सम्पूर्ण गाडी जहाँको त्यहीँ रोकिएका जानकारी दिए ।
धादिङ कृष्णभीरमा पहिरो खसेर मुग्लिन–नारायणगढ सडकसमेत अवरुद्ध भएसँगै आज कुनै पनि नाइटबस समेत सञ्चालन नहुने लामाले उज्यालो अभियानसँग बताए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीका प्रमुख एवं प्रहरी निरीक्षक झलक शर्माले काठमाडौँ चल्ने गाडीबाहेक पूर्वपश्चिम राजमार्गमा चल्ने सम्पूर्ण सवारी साधन निर्वाध सञ्चालनमा रहेका उज्यालो अभियानसँग बताएका छन् ।