logo
  • मङ्लबार, कार्तिक ११, २०८३ / Tuesday, Oct, 27 ,2026

कांग्रेसको पालिका अधिवेशन प्रारम्भ


  • उज्यालो अभियान

(तस्बीर : रोशनकुमार न्यौपाने/उज्यालो अभियान)

रोशनकुमार न्यौपाने/लालबन्दी, ०७ असोज – १५ औँ अधिवेशनको चटारोमा रहेको कांग्रेस सर्लाहीले आजदेखि पालिका अधिवेशन सुरु भएको छ ।

लालबन्दीमा १५ औँ पालिका अधिवेशनको उद्घाटन सत्र समापन भई अहिले बन्दसत्र अघि बढाउने प्रक्रिया अघि बढाउन लागिएको नगरसभापति प्रशान्त आचार्यले जानकारी दिए । लालबन्दी पार्टी प्यालेसमा नगर अधिवेशन चलिरहँदा नगर सभापतिसहित अन्य पदका आकांक्षीहरुले मतसमेत माग्न थालिसकेका छन् ।

सर्लाहीमा अन्य पालिकाहरुमा पनि आजै अधिवेशनको उद्घाटन भइरहेका जिल्ला सचिव निरज कार्कीले उज्यालो अभियानसँग बताए । क्षेत्र नं. २ मा भने क्रियाशील सदस्यता विवादले वडा अधिवेशन नै हुन सकेको छैन् ।