लालबन्दी, ३० भदौ – सर्लाहीको लालबन्दी नगरपालिका-८ मा रहेको सुनाखरी महिला बहुउद्देश्यीय सहकारी संस्थाले पनि बाढी पीडितलाई सहयोग प्रदान गरेको छ ।
संस्थाले बाढी पीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ हजार रुपैयाँ जम्मा गरेको संस्थाकी अध्यक्ष पम्फा लामाले जानकारी दिईन् ।
रसुवाको भोटेकोशी बाढी पीडितका लागि थोरै भएपनि संस्थाको तर्फबाट राहत मिलोस् भनेर उक्त सहयोग गरिएको संस्थाकी अध्यक्ष लामाले बताईन् ।