कविलासी, २९ भदौ – कविलासी नगरपालिका-८, सर्लाहीमा सामुदायिक विपद् व्यवस्थापन समितिका लागि सञ्चालन गरिएको प्राथमिक उपचार तथा खोज उद्धारसम्बन्धी तालिम सम्पन्न भएको छ ।

विपद्को समयमा समुदायस्तरमै प्रभावकारी रूपमा उद्धार तथा प्राथमिक उपचार गर्न सक्ने क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको तालिममा सहभागीहरूलाई प्राथमिक उपचार, खोज तथा उद्धारका आधारभूत सीप तथा विपद् व्यवस्थापनसम्बन्धी आवश्यक जानकारी प्रदान गरिएको थियो ।
तालिम अपाङ्ग अनाथ, वृद्ध उत्थान समाज नेपालको आयोजना, UK International Development र RAIN परियोजनाको आर्थिक सहयोग तथा कविलासी नगरपालिकाको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रम उद्घाटन सत्रमा कविलासी नगरपालिकाको नगरप्रमुख श्री ब्रह्मदेव राय र कार्यक्रम समापन सत्रमा DOOPUS-NEPAL संस्थाको अध्यक्ष श्री रामकैलास महतो, परियोजनाको तर्फबाट सुजन दाहाल, चिरञ्जीवी पाण्डे, आगन्तुक मनोज साह लगायतले तालिम सम्पन्न भएसँगै सहभागीहरू विपद्का समयमा तत्काल उद्धार तथा प्राथमिक उपचारमा सक्रिय भूमिका निर्वाह गर्न थप सक्षम हुने अपेक्षा गरेका छन् ।