घुर्कौली, २६ भदौ – हरिवन नगरपालिका-५, घुर्कौलीमा रहेको बालगृहमा आश्रय दिएर राखिएका बालबालिकाले पनि शुक्रबार बुवाको मुख हेर्ने पर्व मनाएका छन् ।
चेतना सन्देश नेपालद्वारा सञ्चालित द्वन्द्व पीडित बालगृह घुर्कौलीका बालबालिकाले बालगृहका अध्यक्ष सुरेन्द्र लामा, आफ्ना शिक्षक, संचारकर्मीलगायतलाई सम्मान गर्दै पर्व मनाएका हुन् ।
बालगृहमा आश्रय दिएर राखिएका २५ जनाभन्दा बढी बालबालिकाले बर्सेनि झैँ बालगृहका अध्यक्ष तथा सहयोगी संचारकर्मीलगायतलाई सम्मान गर्दै बुवाको मुख हेर्ने दिन पर्व मनाएका हुन् ।