logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

लालबन्दी र हरिवनमा विश्व आत्महत्या रोकथाम दिवस मनाइयो


  • उज्यालो अभियान

लालबन्दी, २५ भदौ – सर्लाहीको लालबन्दी र हरिवनमा आज विश्व आत्महत्या रोकथाम दिवस मनाइएको छ ।

दुवै ठाउँमा नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा दिवस मनाइएको हो । लालबन्दी नगर अस्पतालमा नगरप्रमुख वासुदेव अधिकारीको अध्यक्षतामा आयोजित कार्यक्रममा अस्पतालका प्रमुख एवं मानसिक रोग विशेषज्ञ डा. चन्दन चौधरीले मानिसले आत्महत्या गर्नुको कारण र त्यसलाई नियन्त्रण गर्न सकिने उपायबारे सहभागीलाई प्रष्ट पारेका थिए ।

यस्तै हरिवनमा नगरपालिकाको सभा हलमा नगरप्रमुख रमेश बुढाथोकी (कमल) को अध्यक्षतामा विश्व आत्महत्या रोकथाम दिवस मनाइएको स्वास्थ्य शाखाका संयोजक रामबाबु चौधरीले जानकारी दिए । हरिवनमा प्रमुख लालबन्दी नगर अस्पतालका प्रमुख डा. चौधरीले नै मानसिक रोग तथा यसको निधानका सम्वन्धमा प्रष्ट पारेका थिए ।

कार्यक्रममा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी, संचारकर्मीलगायतको उपस्थिति थियो ।