logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

जिल्लास्तरीय `किक अफ’ कार्यक्रम सम्पन्न


  • उज्यालो अभियान

मलंगवा, २४ भदौ – बालिका, किशोरी तथा युवाहरुको सशक्तीकरण र समुदायको विकासमा योगदान पुर्याउने उद्देश्यले सबल बालिका सबल समुदाय (SaBass) परियोजना अन्तर्गत जिल्लास्तरीय किक अफ (Kick off) कार्यक्रम बुधबार सम्पन्न भएको छ ।

प्लान इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग र ग्रामीण विकास केन्द्र (RDC) नेपालको सहजीकरणमा संचालित परियोजनाले बालिका तथा युवाको शिक्षा, सीप विकास, आर्थिक सशक्तीकरण, बाल संरक्षण, सहभागिता, लैङ्गिक समानता तथा समावेशी विकासमा जोड दिने बताइएको छ ।

जिल्ला समन्वय समिति, सर्लाहीका प्रमुख कौशलकिशोर सिंह, उपप्रमुख जितेन्द्र महतो, धनकौल गा.पा, बसबरिया गा.पा, चक्रघट्टा गा.पा लगायत लक्षित स्थानीय तहका जनप्रतिनिधी तथा सरोकारवालाको सहभागितामा भएको किक अफ कार्यक्रममा परियोजनाका उद्देश्य, प्रमुख गतिविधि, कार्यान्वयन प्रक्रिया तथा स्थानीय सरकारसँगको समन्वयबारे छलफल गरिएको थियो ।

कार्यक्रममा स्थानीय सरकारको स्वामित्व, प्रभावकारी समन्वय, समुदायको अर्थपूर्ण सहभागिता र परियोजनाको दिगोपना सुनिश्चित गर्न सबै पक्षबीच सहकार्य आवश्यक रहेकोमा जोड दिइएको थियो ।

यस परियोजनाले स्थानीय सरकार, समुदाय, बालबालिका, किशोरी तथा युवाबीचको सहकार्यलाई थप मजबुत बनाउँदै सबल बालिका, र सबल समुदाय निर्माणमा योगदान पुऱ्याउने अपेक्षा गरिएको छ ।