हरिवन, २४ भदाै – हरिवन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले भाेटेकाेशी बाढीपीडितका लागि सहयाेग गरेकाे छ ।
हरिवन नगरपालिका-८ चापिनीस्थित संस्थाले बाढीपिडितहरुको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ हजार १५१ रुपैंया जम्मा गरेकाे हाे । बाढीपीडितहरुका लागि थाेरै भएपनि सहयाेग पुगाेस् भनेर काेषमा रकम जम्मा गरिएकाे व्यवस्थापक तीलक प्रसाद खतिवडाले जानकारी दिए ।