लालबन्दी, २२ भदौ – नेपाल सरकारले गरेको निर्णय अनुसार सर्लाहीका सरकारी कार्यालयहरुमा पनि आज राष्ट्रिय झण्डा आधा झुकाइएको छ ।
भोटेकोशी बाढीमा परेर ज्यान गुमाएकाहरुप्रति श्रद्धान्जली व्यक्त गर्दै मन्त्री परिषद्को बैठकले नै भदौ २२ गते राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको थियो । सोही निर्णय अनुसार सर्लाहीमा पनि प्रत्येक वडा कार्यालय, पालिकासँगै प्रदेश तथा संघ सरकार मातहतका कार्यालयहरुमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ ।
आफूहरुले पनि सरकारको निर्णय बमोजिम आज राष्ट्रिय झण्डा आधा झुकाएर बाढीमा परेकाहरुप्रति श्रद्धान्जली व्यक्त गरेको हरिपुर २ का वडाध्यक्ष निलबिक्रम थापाले बताए ।
विद्यालयहरुमा आज विद्यार्थीले मौनधारण गरे ।
यस्तै अब भोली जेनजी शहीद दिवसका अवसरमा देशभर बिदा दिइएको छ ।