logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

आज दिनभर लखन्देही पुलमा जाम, यात्रुलाई हैरानी


  • उज्यालो अभियान

नवराज अधिकारी/नवलपुर, २२ भदौ – महेन्द्र राजमार्गस्थित लखन्देहीखोलाको पुलमा आज मध्यान्ह घन्टौँसम्म जाम लाग्दा यात्रु र सवारी चालकले सास्ती पाएका छन् ।

लालबन्दी र हरिवनलाई जोड्ने यही जीर्ण पुलमा आज मध्याह्न धेरैबेरसम्म सवारी आवागमन ठप्प जस्तै हुँदा यात्रुले सास्ती खेप्नुपरेको छ । साँघुरो र जीर्ण पुलको बिचमा आज १२ बजेतिर इँटा बोकेको ट्याक्टर बिग्रँदा पूर्व नवलपुर चोकसम्म र पश्चिम तीनघरेसम्म नै सवारीको लामो जाम लागेको थियो ।

जाम खुलाउन ट्राफिक प्रहरीलाई निकै गाह्रो परेको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रमुख एवं प्रहरी निरीक्षक झलक शर्माले बिग्रिएको ट्याक्टर हटाएपछि अहिले निर्वाध गाडी चलिरहेको उज्यालो अभियानसँग बताएका छन् ।