लालबन्दी, २१ भदौ – सर्लाहीको मौसम आज पनि बिहानैदेखि धाम्मधुम्म भइरहेको छ ।
बेलाबेलामा घाम लाग्ने र एकैछिनमा धुम्म हुने भइरहेको हो । यसअघि गएसाँझ सर्लाहीको लालबन्दीसहित विभिन्न भू–भागमा वर्षा भएको थियो ।
अहिले नजिकै एक ठाउँमा पानी पर्ने र अर्को ठाउँमा नपर्ने अर्थात् खण्डवृष्टि हुने गरेको छ । मौसममा बदली भएर गर्मी कम हुँदा स्थानीयले शित्तलता महसुस गर्न पाएका छन् ।
बेलाबेलामा पानी परिरहेर धान, उखु, कोदो, तरकारीलगायतका बालीनालीलाई फाइदा पुग्दा किसान खुसी रहेका छन् ।