लालबन्दी, १८ भदौ – लालबन्दी नगरपालिका-६ मा रहेको श्री नेपाल जननी महिला समूहले भोटेकोशी बाढी पीडितका लागि सहयोग गरेको छ ।
महिला समूहले मुठ्ठीदानबाट संकलन भएको २० हजार ५०० रुपैयाँ आज प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो ।
नवील बैंक लालबन्दी शाखामार्फत बाढी पीडितका लागि रकम जम्मा गरिएको महिला समूहकी अध्यक्ष लष्मी श्रेष्ठले जानकारी दिइन् ।