बयलवास, १८ भदौ – भोटेकोशी बाढी पीडितका लागि सर्लाहीको ईश्वरपुर नगरपालिका-६, बयलवासमा रहेको स्वस्तिक बचत तथा ऋण सहकारी संस्थाले पनि सहयोग प्रदान गरेको छ ।
संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई लाख एक हजार रुपैयाँ जम्मा गरेको प्रवन्धक विनोदकुमार थापाले जानकारी दिए ।