logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

बाढी पीडितलाई रेडक्रस मुठ्ठी समूहको सहयोग


  • उज्यालो अभियान

राजघाट, १६ भदौ – सर्लाहीको बागमती नगरपालिका-५, राजघाट बिहानी चोकमा रेडक्रस मुठ्ठी समूहले बाढी पीडितका लागि एक लाख १११ रुपैयाँ सहयोग गरेको छ ।

मानवीय सेवाको भावनासहित संकलन गरिएको उक्त रकम सोझै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको स्थानीय दीपेन्द्र मैनालीले उज्यालो अभियानलाई जानकारी दिए ।

भोटेकोशी नदीमा आएको बिनाशकारी बाढीबाट रसुवा, नुवाकोटलगायत जिल्लामा पीडित भएकाहरुका लागि सर्लाहीमा राहत संकलन कार्य जारी छ ।

व्यक्ति तथा सङ्घसंस्थाले सोझै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नगदसमेत जम्मा गरिरहेका छन् भने खाद्यान्न, खानेपानी र कपडा पनि तीव्र रुपमा संकलन भइरहेको हो ।