logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

गाउँपालिका अध्यक्ष बब्लुद्वारा कांग्रेस छाडेको घोषणा


  • उज्यालो अभियान

बरहथवा, १५ भदौ – सर्लाहीको कौडेना गाउँपालिकाका अध्यक्ष रुपेश कुमार (बब्लु) ले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

उनी २०७९ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । गाउँपालिका अध्यक्ष बब्लुले फेसबुकमा स्टाटस पोस्ट गरी नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई सम्वोधन गरेको पत्र लेख्दै आफूले कांग्रेसको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

गाउँपालिका अध्यक्ष बब्लुले अहिलेको बद्लिएको कांग्रेस र पार्टी सभापति थापालाई शुभकामना व्यक्त गर्दै पार्टीको साधारण सदस्यधरी नरहने गरी पार्टी छाडेको घोषणा गरेका छन् ।

उनले आफ्नाे स्टाटसमा पार्टी परित्याग गर्नुको कारण भने खुलाएका छैनन् । यद्यपी उज्यालाे अभियानसँगकाे फाेन कुराकानीमा भने क्रियाशिल सदस्यता वितरण लगायत सवालमा पार्टी नेतृत्वलाई पटक-पटक ध्यानाकर्षण गराउँदा सुनुवाई नभएपछि आफु पार्टी नै छाेड्ने मनस्थितीमा पुगेकाे अध्यक्ष बब्लुले बताए । २/४ दिन भित्रै काठमाडाैं गएर पार्टी नेतृत्वसहित कार्यालयमा लिखित पत्र दर्ता गराउने र समस्या समाधानका लागि कुनै पहल नभए हजाराैं नेता कार्यकर्तासहित सभा आयाेजना गर्दै नेपाली कांग्रेस पार्टी परित्याग गर्ने बब्लुकाे भनाई छ ।