logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

केशरगन्ज प्रहरीले प्राप्त गर्यो नयाँ गाडी


  • उज्यालो अभियान

बयलवास, १५ भदौ – सर्लाहीको बयलवास बजारमा रहेको इलाका प्रहरी कार्यालय केशरगन्जलाई प्रदेश सरकारबाट नयाँ गाडी प्राप्त भएको छ ।

मधेश प्रदेश सरकारको गृह, संचार तथा कानून मन्त्रालयले एक साताअघि प्रदेश प्रहरी कार्यालयलाई प्रदान गरेको १२ वटा पिकअप जिपमध्ये इप्रका केशरगन्जलाई एउटा गाडी उपलब्ध गराइएको हो । आज बिहान मधेश प्रदेशका प्रहरी प्रमुख एवं प्रहरी नायब महानिरीक्षक (डिआइजी) ओमप्रसाद अधिकारीले इलाका प्रहरी कार्यालय केशरगन्जका प्रमुख एवं प्रहरी निरीक्षक (इन्स्पेक्टर) नितेशकुमार सिंहलाई गाडीको साँचो हस्तान्तरण गरेका छन् ।

ईश्वरपुर नगरपालिका, हरिपुर्वा नगरपालिका र चन्द्रनगर गाउँपालिका कार्यक्षेत्र रहेको इलाका प्रहरी कार्यालय केशरगन्जलाई थप नयाँ गाडी प्राप्त भएसँगै शान्तिसुरक्षा प्रदानमा सहजता भएको छ ।

गाडी हस्तान्तरणकै अवसरमा ‘वर्तमान सुरक्षा अवस्था र चूनौति’ विषयक अन्तरक्रिया कार्यक्रमसमेत सम्पन्न गरिएको छ । प्रदेश प्रहरी कार्यालयले एक साताअघि मात्र जिल्ला प्रहरी कार्यालय मलंगवा, इलाका प्रहरी कार्यालय गडहीया र प्रहरी चौकी गोडैतालाई एक/एक वटा पिकअप जिप प्रदान गरेको थियो ।