logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

`रेड लेबल’ लगायत मदिरा राखिएकाे कारसहित चारजना भारतीय नागरिक पक्राउ


  • उज्यालो अभियान

बागमती, १५ भदाै – सर्लाहीकाे कर्मैयास्थित इलाका प्रहरी कार्यालयकाे टोलीले विभिन्न `ब्राण्ड’का मदिरा बाेकेकाे कारसहित चारजना भारतीय नागरिकलाई नियन्त्रणमा लिएकाे छ ।

आइतबार बारा जिल्लाबाट सर्लाहीको मलंगवा आउँदै गरेको DL 2CAP 0418 नम्बरको भारतीय कार चेकजाँच गर्दा पछाडिको सिट मुनी र अगाडि `फल्स बटन’ बनाएर राखेको १३ लाख ५५ हजार रुपैया बराबरको मदिरा बरामद् भएकाे जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेद प्रसाद गाैतमले जानकारी दिए । प्रहरीका अनुसार कारबाट ५० बाेतल रेड लेबल, २४ बाेतल राेयल स्ट्याग, ३५ बाेतल म्याकड्वेल्स (ठूलाे), ३९ बाेतल म्याकड्वेल्स (सानाे) बरामद् भएकाे छ ।

बिल बिजक नभएकाे उक्त मदिरा राखिएकाे कारमा सबार भारत सीतामाढी जिल्ला हरनैया पंचायत-३ निवासी ३३ वर्षीय दिपक कुमार सिंह, बेतिया जिल्ला हतिया पंचायत-८ निवासी ३६ वर्षीय अल्बु यादव, बेतिया जिल्ला लैरीया पंचायत-६ निवासी ३० वर्षीय कुष्णा भगत र वडा नं. ४ निवासी २० वर्षीय आलोक कुमारलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही प्रकृया अगाडी बढाइएकाे प्रनाउ गाैतमले जानकारी दिए । भारतकाे बिहार प्रान्तमा मदिरा बिक्री वितरण तथा सेवन प्रतिबन्ध भएकाले उक्त महंगा ब्राण्डका मदिराहरु नेपालबाट `तस्करी’ गरेर अत्यन्त महंगाेमा बिक्री गर्ने मनसायका साथ ओसारपसार गरेकाे हुनसक्ने अनुमान गरिएकाे छ ।