logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

हरिपुर २ निवासी नेपाली सेनाका जवान चौधरी सम्पर्कविहीन


  • उज्यालो अभियान

हरिपुर, १४ भदौ – भोटेकोशीमा आएको बाढीमा परेर सर्लाहीको हरिपुर नगरपालिका २ घर भएका नेपाली सेनाका जवान अभिनाश चौधरी सम्पर्कविहीन भएका छन् ।

नेपाली सेनाको श्रीनाथ गण रसुवामा कार्यरत जवान चौधरी बाढी आएको दिनदेखि बेपत्ता भएका हुन् ।

चौधरीको अवस्था थाहा नपाउँदा परिवारजनमा रुवाबासी चलेको हरिपुर २ का वडाध्यक्ष निलबिक्रम थापाले जानकारी दिए ।