logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

बाढी पीडितलाई हरिपुरमा राहत संकलन


  • उज्यालो अभियान

हरिपुर, १४ भदौ – रसुवाको भोटेकोशी बाढी पीडितका लागि सर्लाहीको हरिपुरमा राहत संकलन गरिएको छ ।

भोटेकोशी बाढी पीडित सहयोगार्थ अभियान चलाएर विभिन्न खाद्यान्न सामग्री संकलन गरिएको हरिपुरका समाजसेवी युवा रन्जित साहले जानकारी दिए ।

बाढी पीडितका लागि थोरै भए पनि टेवा पुगोस् भन्ने उद्देश्यले राहत संकलन गरिएको साहले बताए ।