logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

बागमतीका निर्माण व्यवसायी दाहालद्वारा बाढीपीडितका लागि पाँच लाख सहयोग


  • उज्यालो अभियान

निर्माण व्यवसायी केशव बहादुर दाहाल ।

बागमती, १३ भदौ – सर्लाहीको बागमती नगरपालिका निवासी निर्माण व्यवसायी केशव बहादुर दाहालले भोटेकोशी/त्रिशुली बाढीपीडितका लागि पाँच लाख रुपैंया सहयोग गरेका छन् ।

पृथ्वि इन्जिनियर्स एण्ड बील्डर प्रालिका सञ्चालक रहेका बागमती-११, कर्मैैया निवासी दाहालले आफ्नो कम्पनीको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेका हुन् । बाढीपीडितका लागि थोरै भएपनि राहत पुगोस् भन्ने उद्धे्श्यले कम्पनीको सामाजिक उत्तरदायित्व स्वरुप सहयोग गरेको दाहालले उज्यालो अभियानसँग बताए ।

यसअघि नवलपुर निवासी शिव पार्वती रात्री बस यातायातका सञ्चालक दिपक श्रेष्ठले पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५५ हजार ५५५ रुपैंया सहयोग गरेका थिए ।