हरिवन, १४ भदौ – सर्लाहीको मौसम आज बिहानैदेखि सफा रहेको छ ।
यहाँ टन्टलापुर घाम लागेर बिहानैदेखि मौसम उघ्रिएको हो । चर्को घाम लागेकाले स्थानीय वासिन्दाले गर्मी महसुस गरेका छन् । यसअघि हिजो बेलुकापख मौसम बदली भएर जिल्लाको अधिकांश भूभागमा पानी पर्दा स्थानीयले शित्तलताको महसुस गर्न पाएका थिए ।
सर्लाहीमा केही दिन घाम चर्किने र त्यसपछि फेरि पानी परिहाल्नेक्रम जारी रहेको छ ।